Jagaran Nepal बिहिबार, आषाढ २५, २०७७

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना वि(रूद्ध परेको फौजदारी मु(द्दा बिहार अदालतले खारेज गरिदिएको छ।

असार पहिलो साता एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ(त्युको कारण भन्दै बिहार अदालतमा मु(द्दा दायर गरेका थिए। हिन्दुस्तान टाइम्सका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्सालीका साथै आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशका विरूद्ध मु(द्दा हालेका थिए।

यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुशान्तको मृ(त्युको तेस्रो दिनै दायर गरिएको यो मु(द्दामा साक्षीका रूपमा अभिनेत्री कंगना रनावतको नाम उल्लेख गरिएको थियो। तर यो मु-द्दा अदालतले खारेज गरिदिएको छ। ३४ वर्षीय सुशान्तले गत जुन १४ मा आफ्नै फ्ल्याटमा आ-त्मह-त्या गरेका थिए। उनलाई लामो समयदेखि डि-प्रेसन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुशान्तलाई ‘धेरै कुराको दबाब रहेको’ भन्दै उनको निधनबारे अहिले पनि अनुसन्धान चलिरहेको छ। यससम्बन्धमा प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीदेखि सुशान्तकी प्रेमिका मानिएकी अभिनेत्री रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिरहेको छ।