Jagaran Nepal बिहिबार, आषाढ २५, २०७७

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै बाढीले बगाउँदा बेपत्ता भएका छन्। बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएका छन् भने केही मान्छे बेपत्ता समेत भएका छन्। स्थानीय अनन्त प्रकाश श्रेष्ठका अनुसार बाह्रबिसको गाती बजार बगाएको बताए।

टेलिफोन सम्पर्कमा उनले भने, ‘गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ।’ बाढीले हराइरहेकाहरुको खोजी कार्य भइरहेको उनले बताए। सिन्धुपाल्चोकको बाह्रबिसेमा भिषण वर्षासँगै आएको बाढीमा परेर २ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन् । घटना गएरातीको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले ठूलो क्षति पुगेको र थप विबरण आउन बाँकी छ ।

प्रहरी अहिले घटनास्थलमा पुगीसकेको र उद्धार कार्य सुरु भएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको स्थानीय अम्बर क्षेत्रीले जानकारी दिए ।क्षेत्रीका अनुसार जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बाढीले बगाएर लगेकोछ । घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।