Jagaran Nepal बिहिबार, आषाढ २५, २०७७

काठमाडौं–सुशान्त सिंह राजपूतको निधनको पीडाबाट उनको परिवार बाहिर निस्कन पाएको छैन्। सोशल मिडियामा सुशान्तलाई न्याय दिलाउनु पर्ने भन्दै लगातार माग भइरहेको छ।

https://www.instagram.com/officialtiwarisachin/?utm_source=ig_embed

यसैबीच सुशानत सिंहसँग अनुहार मिल्ने एक तस्बिर र भिडियो सोशल मीडियामा भाइरल भरहेको छ। सचिन तिवारी नाम गरेका उनको अनुहार हुबहु सुशान्त सिंहसँग मिल्छ। सचिनको इन्स्टाग्राम एकाउन्टमा उनका तस्बिर र भिडियो देख्न पाइन्छ जसमा हुबहु सुशान्तको नक्कल गरिएको छ।

सचिन पनि सुशान्तका फ्यान हुन र यही कारण उनको अनुहारका साथै अन्दाज पनि निकै मिल्छ। सचिन पनि सोसल मिडियामा सुशान्त जस्तै लोकप्रिय छन्।