Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

बलिउड अभिनेता अक्षय कुमार सबैभन्दा धेरै कमाउने सुपरस्टार हुन् । त्यससँगै समाजसेवीको ट्याग पाएका अक्षय बिवादमा आउन रुचाउदैन्न । तर हालै मात्र उनी लकडाउनमा नियम विपरित गरेको हेलिकप्टर यात्राका कारण विवादमा तानिएका छन्।

उनी अघिल्लो हप्ता दुई दिनका लागि हेलिकप्टरमा महाराष्ट्रमा रहेको नासिकको त्रियंबकेश्वर गएका थिए। नासिकमा अक्षयलाई कमिश्नरसहित प्रहरी अधिकारीले भेटेको तस्बिर सार्वजनिक भएपछि चर्चा सुरु भएको हो। उनी कसको अनुमति लिएर त्यहाँ गए भन्ने प्रश्न उठिरहेको छ।

लकडाउनको उल्लङगन गर्दै अक्षय

सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। महाराष्ट्रका मन्त्री छगन भुजबलले जिल्ला कलेक्टरसँग सोधपुछ गरिएको जनाएको छन्। अक्षयले नियम उल्लंघन नगरेको उनको भनाइ छ।

लकडाउनको उल्लङगन गर्दै अक्षय

यस विषयमा अक्षय केही बोलेका छैनन्। उनको टिमले भने स्वास्थ्य समस्याका कारण चिकित्सकलाई भेट्न गएको बताएका छन्।

केटिएम दैनिकबाट