Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

व्यावसायिक प्रयोजनका लागि लोकप्रिय बन्दै आएको महिन्द्रा कम्पनीको पिकअप भ्यान अब १८ लाख रुपैयाँमै खरिद गर्न पाइने भएकाे छ । नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अग्नि इन्कर्पोरेट नेपालले महिन्द्रा बाेलेरो मेक्सी ट्रक प्लस टु ह्विल १८ लाख २५ हजार रुपैयाँमा विक्री गर्दै आएको छ ।

व्यावसायिक क्षेत्रमा सर्वाधिक रुचाइएको यो गाडी सबैभन्दा सस्तो रहेको विक्रेता कम्पनी अग्नि इन्कर्पोरेटको दाबी छ । कम्पनीले स्वदेशमै व्यवसाय गर्न चाहनेहरूका लागि महिन्द्रा बाेलेरो सही छनाेट हुने विश्वास व्यक्त गरेकाे छ ।

यति मात्र नभएर महिन्द्राले १८ लाखदेखि ३४ लाखसम्मका सवारीसाधन बिक्री गर्दै आएको छ । महिन्द्राको पिकअप भ्यानहरूमा महिन्द्रा बोलेराे कम्पेर एससी एक्सएल २१ लाख ४० हजार, महिन्द्रा बोलेराे पिकअप टु ह्विल डि २३ लाख ६५ हजारमा बिक्री वितरण गर्दै आएको छ ।

यीबाहेक बाँकी तीन प्रकारका अन्य पिकअप भ्यान पनि २७ लाख ६५ हजार रुपैयाँसम्ममा बिक्रीवितरण गर्दै आएको छ । जस्तोसुकै भौगोलिक क्षेत्रमा पनि सहज तरिकाले नै चलाउन सकिने हुनाले विशेषत: नेपालका पहाडी क्षेत्रमा यसको लोकप्रियता बढ्दै गएको पाइन्छ ।