Jagaran Nepal बुधबार, आषाढ २४, २०७७

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आकस्मिक निधनप्रति धेरै फ्यानहरु अझै विश्वस्त छैनन्।

प्रशंसक जस्तै सुशान्तको परिवार पनि शोकमा छ। सुशान्तकी बहिनी श्वेता सिंह कीर्ति हाल अमेरिकामा छिन्।

सामाजिक सञ्जालमा उनले आफ्ना भाइसँग सम्बन्धित धेरै पोष्टहरू सेयर गर्दै आएकी छिन्।

हालै उनले सोशल मिडियामा एक पोष्ट सेयर गरेकी छिन्। जसमा सुशान्तको ह्याण्ड राइटिङ देख्न सकिन्छ।

नोटबाट सुशांन्तले आफ्नी बहिनीलाई मोटिभेट गर्ने प्रयास गरेका छन्।

सुशान्तले यो नोट बहिनीलाई केही समय अघि मात्र पठाएका थिए। एक प्रेरणादायक सन्देश उक्त नोटमा देख्न सकिन्छ।

कार्डमा लेखिएको छ, ‘कोही केटी गर्न सक्नु भनेर भन्छिन् भने कोही म सक्दिन भन्छिन्। सामान्यतया दुवै सहिनै हुन्छन्। तपाईं यी मध्ये पहिलो हुनुहुन्छ। लभ यु! भाइ, सुशान्त।’

यस बाहेक श्वेताले अर्को पोस्ट पनि सेयर गरेकी छिन्। जसमा उनले सुशान्तको बारेमा आफ्नो छोरासँगको कुराकानी सेयर गरेकी छिन्। साथै सुशान्तका प्रशंसकलाई बलियो रहन सन्देश दिएकी छन्।

उनले लेखकी छिन् जब मैले मेरो छोरा निर्वाणलाई मामा जीवित हुनुहुन्न भने, उसले मलाई भन्यो, ‘तर उहाँ तपाईंको हृदयमा जीवित हनुहुन्छ।’

उनी अगाडी लेख्छिन्, ‘उनले यो एक पटक होइन तीन पटक सम्म भन्यो। जब एक ५ बर्षे बच्चाले यस्तो कुरा गर्छ, यसले हामी सबै कत्ति बलिया हुन्छौं भनेर देखाउँछ। तपाईंहरु सबै बलियो रहनुस् विशेष गरी सुशांतका फ्यानहरू! कृपया बुझ्नुहोस् कि सुशान्त आज पनि हाम्रो हृदयमा छ र ऊ सँधै हुनेछ। कृपया उसको आत्मालाई चोट पुर्‍याउने कुनै पनि काम नगर्नुहोस्।’

सुशान्त सिंह राजपुतको जुन १४ मा मुम्बई स्थित आफ्नै निवासमा निधन भएको थियो। उनको मृत्युको कारणबारे प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन।

सुशान्तको मृत्युले बलिउडमा ‘नेपोटिज्म’बारे बहसनै निम्त्याएको छ।