Jagaran Nepal मंगलबार, आषाढ २३, २०७७

एजेन्सी । आफ्नो बच्चा गुणवान र अद्भूत प्रतिभाको होओस् भन्ने जो जुन सुकै आमाको हुने गर्दछ। वास्तु शास्त्र अनुसार गर्भवती महिलाले केही उपाय अप्नायो भने बच्चा गुणवान र वुद्धिमान हुने गर्दछन्। गर्भवती महिलाले वास्तुका केही उपाय अप्नाउँदा बच्चा गुणवान मात्र हैन आमा र बच्चा दुबैको स्वास्थ्य पनि राम्रो हुने गर्दछ। आज हामी त्यस्ता केही उपायका बारेमा जानकारी दिदैछौँ।

भर्गवती महिलाले अप्नाउनुहोस् यी उपाय

हाँसिरहेको बच्चाको तस्वीर
गर्भवती महिलाले कोठामा हाँसिरहेको वा मुस्कुराइ रहेको बच्चाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसो गर्दा बच्चा शान्त र हंसमुख स्वभावको हुने शास्त्रमा उल्लेख छ।

मयूरको प्वाख
कृष्णसँग सम्बन्धीत हुने भएकाले मयूरको प्वाख राख्नु शुभ मानिने गरिन्छ। त्यसैले यसलाई घरको मन्दिर वा गर्भवती महिलाले कोठामा राख्दा आमा र बच्चाका लागि निकै राम्रो मानिन्छ।

कृष्ण र यशोदाको तस्वीर
गर्भवती महिलाले कोठामा भगवान कृष्ण र देवी यशोदाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसरी लगाएको तस्वीर विहान उठ्ने वित्तिकै देखियो भने सकारात्मक उर्जा प्राप्त हुने शास्त्रमा उल्लेख छ।

गुलाबी रंगको तस्वीर
गुलाबी रंग खुसी र आनन्दको प्रतिक मानिने गरिन्छ। त्यसैले गर्भवती महिलाले आफ्नो कोठामा यस रंगको ठूलो तस्वीर वा शो पिस राख्नु राम्रो मानिन्छ।

पहेलो चामल
पहेलो चामलले शुभ शंकेत बताउने गर्दछ। त्यसैले गर्भवती महिलाले कोठामा पहेलो चामल राख्दा आमा र बच्चामा कुनै किसिमको नकारात्मक उर्जा नपर्ने शास्त्रमा उल्लेख छ।