Jagaran Nepal मंगलबार, आषाढ २३, २०७७

काठमाडौं – शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।कोरोना संक्रमण देखिएका सबै ७ जनालाई नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

यो पनि सन्दीप लामिछाने डेढ करोडमा सीपीएलमा अनुबन्धित

काठमाडौं – नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् ।उन्नाइस वर्षीय लामिछानेलाई यस सिजनको सीपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो ।

ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् ।

सन्दीप सीपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् । यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।यस वर्षको सीपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।