Jagaran Nepal सोमबार, आषाढ २२, २०७७

काठमाडौ, असार २२- आज सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य ८९ हजार ७ सय मा कोरोबार भएको छ । त्यस्तैगरी आज चादीको मुल्य भने स्थिर रहि ९ सय ४० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।