Jagaran Nepal सोमबार, आषाढ २२, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३४ जनामा संक्रमण देखिएको छ । काठमाडाैंमा २४ र भक्तपुरमा १० गरी उपत्यकामा थप ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टी गर्नुभयाे ।

उनका अनुसार पाटन अस्पतालमा भक्तपुरका १० जना र काठमाडौंका २३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै टिचिङ अस्पताल प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै देशभर नयाँ १ सय ८० नयाँ संक्रमित थपिएको डा. गौतमले बताउनुभयाे । हालसम्म देशभर संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको बताउनुभयाे ।