Jagaran Nepal सोमबार, आषाढ २२, २०७७

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको निधन भएको छ । उनका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

पिता कृपासिंह घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् । कुलमान घिसिङले देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न सफल भएका थिए ।

अर्को समाचार , काठमाडौँका यी स्थानमा आज दिनभर बत्ती जाने/ काठमाडौं – सोमबार काठमाडोंका बिभिन्न स्थानमा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिने भएकाले काठमाडोंका बिभिन्न स्थानमा ७ घण्टा बत्ति जाने जनाइएको छ ।

आज कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रमा बत्ति जाने जनाइएको छ । बत्ति विहान १० बजेदेखी साँझ ५ बजेसम्म बन्द हुने जनाइएको छ ।