Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

काठमाडौं / कोरोना महामारी र बन्दाबन्दीको समयमा पनि नेपाली सांगीतिक बजारमा चहलपहल बढ्दो छ , महिलाहरुको महानपर्व तीज नजिकिँदै गर्दा कलाकारहरु तीज गीत रेकर्डिङ र सुटिङमा दौडधुप गरिरहेका छन् ।करिब ३ महिना थला परेको सांगीतिक बजारमा पछिल्लो दुई साता यता १ दर्जन बढी नयाँ तीज गीत डिजिटल बजारमा आइसकेको छ ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा चर्चित लोक दोहोरी गायक र गायिका सन्ध्या बुढाको ”बालै फरर ” नामक तीज गीत बजारमा आएको छ। चर्चित गायक मोहन खड्काको लय तथा चर्चित सर्जक नेत्र अर्यालको शब्द तथा बिशाल निरौलाको एरेंजमा सन्ध्या बुढा र मोहन खड्काको आवाजमा गीत बालै फररको अडियो गीत तयार पारिएको छ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुलाई देख्न सकिन्छ। चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन ,कारण चैसिरको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको गीतमा चर्चित कलाकार रामचन्द्र अधिकारी,ओबी रायमाझी ,सन्ध्या बुढा र प्रकाश सापकोटाको अभिनय रहेको छ।