Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

खानेकुरा नखाने, सफा कपडा लगाउने, घरको नियमित सरसफाइ गर्नेजस्ता क्रियाकलापमा ध्यान दिनु जरुरी छ । वर्षायाममा झाडापखला जस्ता समस्या पनि देखा पर्न सक्छन् त्यसलैले तपाईले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

झाडापखालाको समस्या निम्त्याउने ब्याक्टेरियालाई हातमा रहन नदिन बेला बेलामा २० सेकेन्ड भन्दा लामो समय हात धुन जरुरी हुन्छ ।
त्यस्तै घर वरपर रहेको झाडी र फोहरलाई पनि सफा गर्नुपर्नें हुन्छ ।

घरवरिपरिका झारपात उखेलेर फालौँ र फोहोर पानी जम्न नदिऔँ । फोहोर पानी लामखुट्टेको प्रजननस्थल हो । र, खुला ठाउँमा भन्दा झाडीमा बढी लामखुट्टेको वास हुन्छ । डेंगु, मलेरियाजस्ता रोगको प्रसारमा सहयोगी किरा हो, लामखुट्टे ।

तरकारी र फलफूललाई राम्ररी पखालेर मात्र खाने र पकाउने गरौँ । खासगरी, पातयुक्त तरकारीमा जुका, लार्भा र फोहोर टाँसिएका हुन्छन् ।

भिटामिन सी’युक्त खानपानमा जोड दिऔँ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । कागती प्रजातिका फलफूल, हरियो खुर्सानी, स्ट्रबेरी, गोलभेँडा, ब्रोकाउली, हरियो सागसब्जीमा ‘भिटामिन(सी’ प्रशस्त पाइन्छ ।

स्ट्रिट फुड खाँदैनखाऔँ । काटेर खुला ठाउँमा राखिएका फलफूल पनि नखाऔँ । स्ट्रिट फुडमा फुड पोइजन गराउने ब्याक्टेरिया पाइन्छन्, जसले झाडापखाला, टाइफाइड, जन्डिसजस्ता समस्या निम्त्याउँछन् । उमालेको पानी प्रशस्त पिऊँ । उमालेको पानीले पानीजन्य रोगबाट टाढा राख्छ ।

तरकारी र फलफूललाई राम्ररी पखालेर मात्र खाने र पकाउने गरौँ । खासगरी, पातयुक्त तरकारीमा जुका, लार्भा र फोहोर टाँसिएका हुन्छन् । राम्ररी पखाल्ने गर्नाले खानाका कारण आउने स्वास्थ्य समस्याबाट टाढा रहन सकिन्छ ।

धोएर पूर्ण रूपमा सुकेका कपडा र जुत्ता मात्र लगाउने गरौँ । राम्ररी नसुकेका कपडा लगाउँदा एलर्जीलगायत समस्या आउन सक्छ ।

बाहिरबाट भिजेर आउनुभएको छ भने वातानुकूलित कोठामा सीधै प्रवेश नगरौँ । पहिले शरीर सुक्खा बनाएर मात्र एसीजडित कोठामा प्रवेश गर्नुपर्छ । नत्र, सर्दी, खोकी र ज्वरोको समस्या देखिन सक्छ ।

अनिद्राबाट बचौँ । दैनिक सातदेखि आठ घन्टा निदाउँदा शरीरको रोगप्रतिरोधी क्षमता मजबुत हुन्छ । राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने दिनचर्यालाई मात्र स्वस्थ मान्न सकिन्छ । स्वस्थ रहन नियमित शारीरिक व्यायाम गरौँ ।