Jagaran Nepal आइतबार, आषाढ २१, २०७७

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिकाकी १० वर्षीया बालिकाको ब-लात्का-रपछि ह-त्या गरेको आ-शंकामा प्रहरीले २० जनालाई प-क्राउ गरेको छ । पक्रा-उ पर्नेमा एक अघोरी बाबा समेत छन् । उनी जनपुर उपमहानगरपालिका–२१ कुर्थास्थित घाटमा बस्दै आएका थिए ।

गत बुधबार बिहान ११ बजे भैंसी चराउन घरबाट निस्किएकी १० वर्षीया कञ्चन कुमारी परियारको श-व शनिबार स्थानीय दूधमति नदी किनारमा फेला परेको थियो । शनिबार नै श-वको पो-स्टमा-र्टम गरिएको थियो । बालिकाको श-वको शनिबार नै पो-स्टमा-र्टम शुरु गरिएको थियो । तर, रिपोर्ट भने आइसकेको छैन ।

प्रारम्भिक अनुसन्धानका क्रममा ब-ला-त्का-र पछि ह-त्या गरिएको हुन सक्ने तथ्यहरु भेटिएपछि प्रहरीले शनिबार नै २ जनालाई प-क्राउ गरेको थियो । आइतबार थप १८ जनालाई गरी अहिलेसम्म २० जनालाई नि-यन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले जानकारी दिए । घट-नास्थलबाट एउटा कम्बल समेत बरामद भएको प्रहरीले जनाएको छ ।