एसी शिल्टन आइतबार, आषाढ २१, २०७७

कोरोनाभाइरसबाट बच्नको लागि संसारभरका मानिस करिब ४ महिनादेखि सामाजिक दुरीको पालना गरिरहेका छन् । तर धेरै स्थानमा लुजडाउन सुरु भएपछि मानिसहरु बाहिर निस्कने बाटो खुलेको छ । सबैजना अहिले गणितमा व्यस्त भएका छन कि यो समय हामी कति सावधान हुनुपर्दछ । डिकिन्सन कलेजका प्रोफेसर मरी हेलवेग लार्सनका अनुसार, यहाँ केवल एक दिक्दारी छ कि मानिस जोखिमको आंकलन गर्नमा राम्रो छैनन् । विशेष गरी आफ्नै जोखिमको मामलामा । तर मानिसको मानोविज्ञानमा यस्ता कयौँ चिज छन, जसले जोखिमलाई बुझ्न परिवर्तन गर्न सक्दछ ।

आफैंप्रति आशावादी हुनु

डा. हेलवेग लार्सनका अनुसार, यो सामाजिक मनोविज्ञानको सबैभन्दा राम्रो पक्ष छ जहाँ मानिसलाई यो लाग्दछ कि उनीहरुको जोखिम अरुको भन्दा कम छ । उनले भनिन कि यस तरिकाको घटना संसारका कयौँ संस्कृतिमा देखिन्छ । तर व्यक्तिवादी समाजमा रहने मानिस यसको बढी प्रदर्शन गर्दछन् ।

नियन्त्रणकाे गलत महशुष

डा. लार्सनले भनिन्, ‘मानिसलाई जति बढी नियन्त्रणमा आफैँमा हुन्छ, आमरुपमा उ कम चिन्तित हुन्छ । यसकारण कयौँ मानिस हावाइजहाजको तुलनामा कारबाट यात्रा गर्न सुरक्षित मान्दछन् । जबकि, आंकडामा कार खतरनाक देखिन्छ ।’

नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डका अनुसार, २०१८ मा अमेरिकामा भएको सडक दुर्घटनामा ३६,५६० मानिसले ज्यान गुमाएका थिए । हावाई यात्रामा ३८१ को मृत्यु भएको थियो । यस्तो अवस्थामा जब मास्क लगाउनु र पटक पटक हात धुनु कोरोनाभाइरसको जोखिम कम गर्ने तरिका हुन्, सामाजिक दुरी अहिले पनि कोभिड-१९ बाट बच्नको लागि जरुरी उपाय हो ।

संकेत स्पषट हुँदैन

डा. हेलवेगका अनुसार, हामी कयौँ पटक खतराको बारेमा एकै कुराको पत्ता कयौँ स्थानबाट हुन्छ । उदाहरणको लागि हामीले यो तब नै पत्ता लगाएका थियौँ जब हामी बच्चा थियौँ कि धुमपानले क्यान्सर हुन्छ । हुनसक्छ कि हामीलाई यसको बारेमा अभिभावकबाट थाहा भयो या स्कूलबाट ।

कोभिड-१९ को खतरालाई लिएर पनि कयौँ कुरा स्पष्ट छैनन् । यसको साथै कयौँ पटक स्वास्थ्य अधिकारी र विज्ञमा पनि विभिन्न असहमतिहरु देखिएका छन् । यो अवस्थामा हामीलाई निकै गाह्रो भइरहेको छ कि कसको संकेत मान्ने या नमान्ने भन्ने बारेमा ।

खुल्दुली

यदि तपाईं यो सोचिरहनुभएको छ कि के साथीहरुसँग बाहिर खान जानु सुरक्षित छ या छैन ? तपाईं आफैँ खोज गर्नुहोस कि के कोरोनाभाइरसको यो समयमा बाहिर खाना खानु सुरक्षित छ ? डा. हेलवेग भन्छिन्— सबैले बुझ्नुपर्यो, यो महामारीमा बाहिर खान जाँदा के खतरा हुनसक्छ भन्ने बारेमा ।

एक्सपाेजर थेरापी

हामीलाई यो महामारीमा रहने बानी हुँदैछ । यसले हाम्रो बाँच्ने शक्तिपनि कम भइरहेको छ । ह्यूस्टनस्थित यूनिभर्सिटी अफ टेक्सासका डाइरेक्टर तथा साइकेट्री प्रोफेसर रान एसिएर्नोका अनुसार, चिन्ता र घबराहटबाट सम्बन्धित फोबियाको शिकार विरामीको उपचार एक्सपोजर थेरापी या डरसँग भिडाएर गर्न सकिन्छ । उनले भने, ‘यदि तपाईं कुकुरसँग डराउनु हुन्छ र तपाईंलाई पपी सेन्टरमा काम गर्नु परे तपाईं त्यसमा बानी पर्नुहुन्छ ।’

कोरोनाभाइरसको यो समयमा बस्नु पनि एक तरिकाको पेंडेमिक एक्सपोजर थेरापी हो । कुनै दोकानसम्म पहिलो पटक जाँदा तपाईंमा चिन्ता हुन सक्छ, तर तपाईं विरामी हुनु भएन भने दोस्रोपटक तपाईं कम डराउनु हुन्छ । यसपछि हुन सक्छ तपाईं केहि गैरजरुरी कामको बारेमा पनि सोच्नुहुन्छ ।

मलार्ई यो मान्नु छ कि ४ महिना पहिलेको तुलनामा अब कम चिन्ता महशुष गरिरहेको छु । जबकि अहिले मेरो ग्रामीण इलाकामा कोभिड-१९ को संक्रमण बढी छ । यसको अलावा हामी एक थप कुरा सोचिरहेका छौँ कि आम जीवनमा पुनः फर्कने ।

डा. हेलवेग भन्छिन्— यो जान्नु असामान्य होइन कि तपाईं जे गर्न जाँदै हुनुहुन्छ त्यो जोखिमले भरिएको छ, तर तपाईं यो पनि जान्नुहुन्छ कि यसपछि जो इनाम मिल्नेछ त्यो जोखिमभन्दा ठूलो हुनेछ । तर, यस् सबै कुराको बारेमा दुईपटक सोच्न अपील गर्दछिन । किनकी प्राप्त हुने इनाम के यो समयमा बढी हो ?

हाम्रो दिमाग कहिले कहिले आशावादी हुन सक्छ । जहिल्यै नराम्रो हुन सक्दैन । यो अवस्थामा तपाईंको दिमागले तपाईंलाई गैरजरुरी जोखिममा पुर्याउन पनि सक्दछ । द न्यूयोर्क टाइम्सबाट अनुवादित्