Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

काठमाडौ, असार २०- कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने मानिसको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । त्यस्तै १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित अबस्थामै रहेका छन् । त्यस्तै कोरोनाबाट बच्न भनि एक व्यक्तिले सुनको मास्क लगाएका छन् । उक्त सुनको मास्क यति बेला सामाजिक संजालमा निकै भाइरल भएको छ ।

शंकर कुराडे नामले परिचित उक्त मानिसले कोरोनाबाट बच्नकै लागि भनि सुनको माक्स लगाएको संचार माध्यले जनाएको छ ।उनले कुराडौ मुल्यको सुनको माक्स लगाएपछि धेरै मानिसले फरक फरक प्रतिक्रिया दिएका छन् ।

गोल्डेन म्यान भनेर पनि चिनिने शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्ने गर्छन् । उनले लगाएको यो माक्सको मुल्य करिब २ लाख ८९ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ ।