Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ । ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ । बढ्ने व्यापारमा फाइदा एवं धनको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यमा भने काममा तनाव आउने एवं अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यको लागी खर्च एवं अनावश्यक तना’व बढ्नाले काममा बाधा हुनेछ।

वृष – सामाजिक काममा समय व्यतित हुनेछ । परोपकारको काममा प्रशंसा मिल्नेछ । भाग्यले साथ दिनेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्ममा रुचि बढ्ने एवं सामाजिक काममा अवसर पाइनेछ । मध्यमा भने रोजगारीमा फाइदा एवं जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा राम्रो आम्दानी हुने एवं धनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । अचानक टाढाबाट धनको लाभ फाइदाको लाभ मिल्नेछ।

मिथुन – काममा आलोचना आउनेछ । काम अधुरो रहनेछ । बोलीले गर्दा तनाव हुनेछ । स्वास्थ्यमा अचानक बाधा एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा, साझेदारीमा लाभ एवं दाम्पत्य प्रेममा प्रगति हुनेछ । अचानक यात्रा हुने एवं पुराना काम बन्नेछन् । विरोध गर्नेहरुले सहयोग देखाउनेछन् । सामान्य वादवि’वादमा परिनेछ । स्वास्थ्यमा सुधार एवं राम्रो काममा खर्च भने बढ्नेछ।

कर्कट – व्यवसायिक व्यस्तता बढ्नेछ । साझेदारीमा फाइदा आउन थाल्नेछ । रमाइलोमा खर्च हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्यमा बाधा एवं मानसिक समस्या बढ्नेछ । मित्रवाट धोका हुन सक्नेछ । साताको अन्त्यमा विदेशबाट फाइदा, अधुरा काम बन्ने एवं धार्मिक कार्यमा खर्च हुनेछ।

सिंह– पुराना विवादहरु सुल्झिने छन् । विराधीहरुको मनोवल बढ्नेछ । आम्दानीको स्तर बढ्नेछ । किनमेलमा भने बढी खर्च आउनेछ । स्वास्थ्यमा सुधार हुने एवं विरोधी तह लाग्नेछन् । साताको मध्यमा साझेदारीबाट फाइदा मिल्नेछ । प्रेममा प्रगति एवं व्यावसायिक यात्रा हुनेछ । अन्त्यमा भने काममा ढिलासुस्ती, हुनेछ । सम्मानमा आघात एवं मित्रजनबाट असहयोग मिल्नेछ।

कन्या – महिलाबाट सहयोग मिल्नेछ । विद्यामा सफलता पाइनेछ । बुद्धिले साथ दिनेछ । सन्तानबाट खुशियाली बढ्नुका साथै आम्दानीकोस्तर वृद्धि हुनेछ । साताको मध्यमा स्वास्थ्यमा सुधार मित्रजनबाट सहयोग एवं विरोधीहरु पर हट्नेछन् । व्यक्तिगत काममा भने खर्च बढी हुुनेछ । ससुराल पक्षबाट फाइदा, सामूहिक काममा व्यस्तता एवं भोजभतेरमा सहभागी भइनेछ।

तुला – नजिकको मित्रवाट असहयोग हुनेछ । स्वास्थ्यमा प्रतिकुलता आउनेछ । घरायसी वादवि’वाद बढ्नेछ । महिलावर्गसँग दुष्मनी बढ्नेछ । मध्यमा भने बौद्धिक काममा रुचि, सन्तानबाट सहयोग एवं व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा खर्च बढ्ने, चो’टपटकको सम्भावना एवं शारीरिक अस्वस्थता रहनेछ । आँटेको काममा व्यवधान आउनाले लगानी बढ्नेछ।

वृश्चिक – घर बाहिरको काममा दौडधुप बढी हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ । छोटो यात्रा हुनेछ । उत्साह बढ्ने एवं दाजुभाइबाट सहयोग पाइनेछ ।धन सम्पत्तिमा कलह एवं वादविवाद पर्नेछ । साताको मध्यमा भने अनावश्यक कलह, महिलापक्षसँग वैमनस्यता हुनेछ । अन्त्यमा भने अध्ययनमा रुचि, व्यापारमा फाइदा एवं सन्तानको प्रगति देखिनेछ।

धनु –धनको कारोवार बढ्नेछ । बोलीको प्रभाव पर्नेछ । धनको वृद्धि हुनेछ । कुटुम्ब सहयोगले काम बन्नेछ । उत्साहमा वृद्धि एवं छोटो यात्रा हुनेछ । दाजुभाइ एवं दिदी बहिनीको साथ मिल्नेछ । भाग्यले साथदिने एवं नयाँ मित्रसँग भेटघाट हुनेछ । मित्रजनसँग घुमघाम मा खर्च हुनेछ । सुखसयलमा मन जाने र बढी खर्च हुनेछ । अन्त्यमा भने स्वास्थ्यमा समस्या एवं नमिठो खबर आउन सक्नेछ।

मकर – काममा अलमल हुनेछ । अनावश्यक विवाद पर्ने एवं काममा निराशा छाउनेछ । सानो यात्राको योग बन्नेछ । पुरानोँ कामको थालनी हुनेछ । आफ्नो प्रतिभाले पहिचान बन्नेछ । धन सम्पतिको कारोबार बढ्ने एवं इष्टमित्रबाट भरपुर सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रा हुने, साथीभाईबाट सहयोग एवम दाजुभाइमा मेलमिलाप भएर आपसी झमेला टुंगिनेछ।

कुम्भ – यात्रामा झन्झट हुनेछ । स्वास्थ्यमा समस्याएवं काममा खर्च धान्न मुस्किल हुनेछ । पैसाको अभावले काममा बाधा पुग्नेछ । सरसामान हराउन सक्ने एवं अनावश्यक घाटा बेहोर्नुपर्नेछ । मध्यमा भने राजनीतिबाट फाइदा मिल्ने रोजगारीको योग बन्नेछ । ठूलाबडासँगको कारोबारमा फाइदा हात लाग्नेछ । मनमा भने शंका एवं भय पैदा हुनेछ । साताको अन्त्यमा भने हिँडडुलमा व्यस्तता एवं काममा प्रगति देखिनेछ।

मीन– आम्दानीमा प्रगति हुनेछ । पुरानो काममा फाइदा मिल्नेछ । नयाँ सरसामान घरमा भित्रिनेछ । भोगविलास , मनोरन्जन एवं खानपिनमा समय व्यतित हुनेछ । साताको मध्यमा खर्च बढ्ने एवं नोक्सानीको भय रहनेछ । मनमा अशान्ति बढ्ने एवं स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । अन्त्यमा भने राजनीति रोजगारीको अवसर एवं कामबाट फाईदा मिल्नेछ । कर्मको फल मिल्नाले पुरानो कारोबार टर्नेछ।