Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वक रोहन श्रेष्ठसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो ।तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । यसै सन्दर्भमा श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् । उनले भने, “श्रद्धाको बिहे गर्ने उमेर भएको छैन । उनी अझै बालाखा नै छिन् । उनले जिबनमा धेरै गर्न र धेरै कुरा सिक्न बाँकी छ ।बुधबार मात्र बलिउड अभिनेत्री श्रद्धा र नेपाली व्याइफेन्ड रोहन श्रेष्ठ बाइकमा हिडिरहेको भिडियो भाइरल भएको थियो ।

लकडाउन खुकुलो भएसँगै बलिउडमा सुटिङ सुरु हुने चर्चा सुनिन थालेको छ । भारतीय अनलाईन पिंकभिल्लाले यस्को बारेमा शक्त्ति कपुरसँग बुझ्न खोजेको थिए । यही सन्दर्भमा उनले कोरोना पुर्णरुपमा निर्मुल नभएसम्म छोरीलाई सुटिङमा नपठाउने पनि बताएका छन् ।

बाघी ३ कि अभिनेत्री श्रद्धा कपुर व्याइफ्रेण्ड रोहनका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ अहिले लकडाउन चलिरहेको छ । भारतमा पनि कोरोनाको असर सँगै लकडाउनलाई कायमै राखेको छ । यही बेलामा मंगलबार अर्थात हिजो श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्क्टरमा घुमेको फोटोहरु इन्टरनेटमा भाइरल भएको छ ।भारतीय मिडियाहरुले प्रमुख स्थान दिएर यस्लाई प्रकाशन गरिरहेका छन् ।