Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

तनहुँ- तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।असार २१ गते आइतबार मनाइने गुरु पूर्णिमाका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको ३२औँ नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका अन्य

कार्यालय ब,न्द रहने प्रमुख प्रशासकीय अ,धि,कृ,त दिनेशराज पन्तले जानकारी दिए ।गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ ।

यो पनि मन्त्रीसँग प्रधानमन्त्रीको छलफल सकियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्री र राज्यमन्त्रीहरूबीचको छलफल सकिएको छ। भर्खरै बैठक सकिएको मन्त्री तथा राज्यमन्त्रीहरू बालुवाटारबाट बाहिरिने क्रम सुरु भएको छ।

शनिबार साँझ ७ बजे सबै मन्त्री र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। तर के के विषयमा छलफल भएको भन्नेबारे कसैले बोलेका छैनन् ।

राज्यमन्त्री तथा मन्त्रीहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकबाट बाहिरिएका गृहमन्त्री र उर्जामन्त्री बोलेनन् यसैबीच प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिँदा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्।

छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्रीको नियमित भेट भनेका छन् ।नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ ।