Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

जुन १४ मा सुशान्त सिंह राजपुतले आफ्नो प्राण त्यागेपछि बलिउडमा धेरै थरीका कुराहरु बाहिर आउन थालेका छन् ।सुशान्तको निधनलाई लिएर बलिउड दुई धारमा बिभाजन भएर उनको समर्थन र विरोधमा आवाज उठाइरहेका छन् ।अहिले फेरि प्रहरी सामु नयाँ कुरा आइपुगेको छ । प्रहरीले रिहा चक्रावती र उनको भाईको बारेमा अनुसन्धान गरिरहेको छ ।के रिहा चक्रावती र उनको भाइले सुशान्त सिंह राजपुतलाई पैसाको लागि युज नै गरेका हुन् त ?

मुम्बइ पुलिसले उनको निधनको बारेमा लिएर २७ जना भन्दा बढीको बयान लिइसकेको छ । सुशान्तले ३ ओटा कम्पनी सञ्चालनमा ल्याएका थिए ।उनको दुई ओटा कम्पनीको म्यानेजिङ् डाइरेक्टर रिहा रहेकी छिन् भने एउटाको म्यानेजिङ् डाइरेक्टर उनको भाइ स्वभिक चक्रावती रहेका छन् । यही कम्पनी घाटामा रहेको कारणले पनि सुशान्त तनावमा रहेको बताइएको छ ।

९ घण्टा ब्रान्द्रा प्रहरीमा बयान दिँदा पनि रिहाले यी कम्पनीको बारेमा केहि बताइन्न । उनले यो कम्पनीको बारेमा केहि नबोलेपछि उनी सँग सुशान्तका साथीहरु रिसाएका छन् । भारतीय अनलाईहरुले एक कम्पनी रिहाको नाममा र अर्को उनको नाममा रहेको दाबी समेत गरेका छन् सुशान्तको कम्पनीमा रहेर पनि उनीहरु दिदी भाई मिलेर नयाँ कम्पनी सुरु गरेको मुम्बई पुलिसलाई उद्धित गर्दै स्मोकी इभिनिङले जनाएको छ पछि सुशान्तले रिहा र उनको भाईको नयाँ कम्पनीको बारेमा थाहा पाएपछि रिहा र सुशान्तको झग-डा परिरहन्थ्यो ।