Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

काठमाडौं । पछिल्लो समय नेपालमा जारी राजनीतिक घ,ट,ना,क्रमलाई नजिकबाट नियाल्दै आएको भारत नि,रा,श देखिएको छ । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको कुरालाई भारतीय सञ्चारमाध्यमहरुले आफ्नो जित बताउँदै आएका छन् ।भारतको चर्चित अंग्रेजी अखबार इकोनोमिक टाइम्सले दोस्रो पृष्ठमा नेपालको वर्तमान सरकारको सं,क,ट,को बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ ।

यस प्रतिवेदनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अध्यक्ष र प्रधानमन्त्री पदलाई बचाउन नेपाली कम्युनिष्ट पार्टीलाई विभाजन गर्न खोजिरहेका छन् भनिएको छ ।उक्त समाचारमा पाकिस्तान र चीन दुबैले ओलीलाई सत्तामा राख्न चाहन्छन् पनि भनिएको छ । नेपालमा भारतको को भन्दा पाकिस्तानको बढ्ता प्र,भा,व सायदै भएको छ । नेपालमा पाकिस्तान र चीनको प्र,भा,व बढ्दै जानुलाई भारत आफ्नो हा,र,को रुपमा लिन्छ ।

समाचारमा ओलीलाई दुबै पदबाट राजीनामा गर्न द,बा,व,मा दिइएको कुरा पनि खुलाइएको छ । प्रधानमन्त्री ओलीले अ,चा,न,क दुई दिन अघि संसदको बजेट सत्र स्थगित गर्ने निर्णय गरे भनिएको छ । इकोनोमिक टाइम्सले ओली अध्यादेश मार्फत पार्टी विभाजित गर्न खोजिरहेका छन् भन्ने गम्भीर आ,रो,प पनि लगाएको छ ।इकोनोमिक टाइम्सको प्रतिवेदनका अनुसार ओली नेपालको मुख्य विपक्षी दल नेपाली कांग्रेससँग पनि सम्पर्कमा रहेका छन् । ओली राजनीतिक पार्टी ऐन सम्बन्धी फेरि अध्यादेश ल्याउने तयारीमा छन् ।

अखबारले भनेको छ कि ओली यस अध्यादेशबाट पार्टी फु,टा,उन कोशिस गर्दैछन ताकि उनी सत्तामा रहन सकुन् । इकोनोमिक टाइम्सले ओलीले यस विषयमा चीन र पाकिस्तानबाट सहयोग पनि पाइरहेका छन् भनेको छ ।अखबारका अनुसार, ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि ओलीको भारत विरोधी निर्णयसँग सहमत थिए । यसका साथै नेपालका लागि चिनियाँ राजदूत होउ यान्की पनि ओलीलाई सत्तामा राख्ने कोशिश गर्दैछन् ।

ओलीले हालसालै गरेका निर्णयहरूमा काठमाडौंमा चिनियाँ दूतावासका राजदूत पनि सम्मिलित छन् । यान्की नेपाल आउनु भन्दा पहिले तीन बर्ष पाकिस्तानमा थिइन् ।’नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले ओलीलाई पार्टी प्रमुख र प्रधानमन्त्रीको पदबाट राजीनामा गर्न दबाब दिदैँ आएका छन् । ओलीले बिहीबार संसदको बजेट सत्र स्थगित गर्ने निर्णय गरेका थिए र राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त निर्णयलाई अनुमोदन पनि गरिन् ।

नेपाली कम्युनिष्ट पार्टीको स्थायी समितिमा जम्मा ४४ जना सदस्य छन् । तीमध्य ३० जनाले ओलीको राजीनामा माग गरिरहेका छन् । अध्यादेशको माध्यमबाट ओलीले आफ्नो पक्षमा समर्थन जुटाउन र संसदमा तुरुन्त अविश्वास प्रस्ताव टार्न समय पाउने कुरा पनि अखबारले उल्लेख गरेको छ ।ओली अध्यादेश पुनर्जीवित गर्न कोशिस गर्दैछन जसले पार्टी फु,टा,उन मद्दत गर्दछ । पार्टीका अर्का प्रमुख तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ नेता वामदेव गौतम, झलानाथ खनाल र माधव कुमार नेपाल ओलीको बिरूद्ध खुला मैदानमा संर्घष गरिरहेका छन् । समाचार के पनि प्रस्ट पारिएको छ भने यदि ओली अध्यादेशको साथ अगाडि बढे भने उनलाई बहुमत प्रमाणित गर्न सजिलो हुनेछ ।

वि.सं. २०७४ मा प्रधानमन्त्री रहँदा भारतले संविधान संसोधनमा आफ्नो कुरा नमानेको भन्दै ओली सरकार ढलाएको थियो । तत्कालिन एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा भएको भद्र सहमतिबाट ओली २०७४ मा पहिलोपटक प्रधानमन्त्री भएका हुन् । भारतले त्यस समयमा नाकाबन्दी लगाएपछि नेपाललको चीनसँग सम्बन्ध थप बलियो हुँदै गयो ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा गएर पारवाहन लगायत सम्झौता गरेर आएपछि प्रधानमन्त्री पद छोड्नु परेको थियो । अहिले पनि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भुभागसहितको नक्सा जारी गर्दै आफ्नो भुमि दावा गरेपछि रिसाएको छ ।यसकारण यस पटक पनि भारत ओलीलाई हटाउन चाहान्छ । ओलीलाई अहिले साथ दिने र पहिलो कार्यकालमा सहयोग गर्ने व्यक्ति एउटै थिए । ति व्यक्तिको नाम हो प्रचण्ड । भारतले प्रचण्डलाई आफुले चाहे अनुसार प्रयोग गर्न खोज्ने गरेको छ । बीबीसी हिन्दीबाट