Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

काठमाडौं । हुन्डाइ ब्रान्डका कार किन्न चाहनेले यतिबेला मासिक किस्तामा थोरै रकम तिरेर पाउने भएका छन । हुन्डाइ मोटर्सको स्यान्ट्रो कार खरिद गर्न मासिक ८ हजार ४२७ रुपैयाँ किस्ता तिरे पुग्छ भने हुन्डाइ मोटर्सको अर्को ब्राण्ड हुन्डाइ ग्राण्ड आई १० कार खरिद गर्न मासिक १० हजार ८८३ रुपैयाँ किस्ता तिरे पुग्छ ।

नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो वर्षको मासिक किस्ता रकम सार्वजिनक गरेको हो ।

सरकारले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन खुकुलो पारेपछि व्यवसायीले ग्राहक तान्न विभिन्न योजना सार्वजनिक गरिरहेका छन ।

तीन महिना लामो लकडाउनका कारण घरमा थन्किएका व्यवसायीले सवारी साधनमा ग्राहक आकर्षित गर्न बम्बर छुट योजना ल्याएको बताइएको छ ।

कस्तो कार हो हुन्डाई स्यान्ट्रो ?

स्यान्ट्रोमा १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिकग्नीसन जडित अडियो भिडियो प्रणाली छ । रियर पार्किङ क्यामेरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स रहेको छ ।

स्यान्ट्रोले १.१ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । गाडीमा एन्टी लकदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ ।

कस्तो कार हो ग्राण्ड आई १० ?

ग्राण्ड आई १०मा पेट्रोल भर्सनमा १.३ लिटरको पेट्रोल इञ्जिन रहको छ । यसको पावर ८३ पीएस छ भने यसमा ५ स्पीड मेनुअल र ५ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ ।

डिजेल भर्सनमा १.२ लिटरको इञ्जिन दिइएको छ । यसले ७५ पीएस पावर र १९० एनएमको टर्क दिन्छ । ग्राण्ड आई १० को पेट्रोल मेनुअलमा १९.७७ किलोमिटर र पेट्रोल अटोमा १.४९ प्रतिलिटरको माइलेज दिन्छ । डिजेल भर्सनमा २४.५४ प्रतिलिटरको माइलेज दिने कम्पनिले जनाएको छ । दैनिकअनलाइनबाट