Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

जनकपुर । धनुषामा दुई दिनदेखि बेप,त्ता एक १० वर्षीया बालिका मृ,तावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शुक्रबार बिहान खेत छेउकै दूधमती नदीमा मृ,तावस्थामा फेला परेकी हुन् । स्थानीयले बालिकाको बला,त्कारपछि ह,त्या भएको हुन सक्ने आ’शंका गरेका छन् ।

अहिले घट,नास्थलमा प्रह,री पुगेर अनुस,न्धान थालेको छ । परिवारले बालिका बे,पत्ता भएसँगै खो,जतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रह,री चौकी कुर्थामा उ,जुरी दिएका थिए ।

प्रह,रीले घट,नाबारे अनुस,न्धान भइरहेको जनाएको छ । यता घट,नामा संलग्न हुन सक्ने आशं,कामा गाउँकै शम,सानमा बस्ने एक अघोरीलाई गाउँ,लेले नियन्त्र,णमा लिई धनुषा प्र,हरीलाई जि,म्मा लगाएका छन् ।

मृ,तक बालिकाको बुबा बिनोद पजियार पांँच परिवारसंगै कुर्थामा दैनिक मज,दूरी गरेर जीवन निर्वाह गर्दै थिए । बालबालिकालाई पालन पो,षण गर्न बिनोद गाउँको हाट बजारमा तरकारी बेच्ने गर्छन । अति वि’पन्न पजियारको घरमा यतिबेला शो’कमा डु’बेको छ भने, गाउँलेहरु आ,क्रोशित बनेका छन ।NEWS24NEPAL

रि’त्तो भाँडा बोकेर गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको तस्बिरले ठूलो च’र्चा र आ’क्रोश उत्पन्न , वास्तविकता यस्तो

एजेन्सी: एउटा कक्षाकोठामा चियाइरहेकी बालिकाको तस्बिरले भारतमा ठूलो चर्चा र आ’क्रोश उत्पन्न भएपछि हैदराबादकी ती पाँच वर्षीया बालिकालाई विद्यालयमा भर्ना गरिएको छ। तर त्यो तस्बिरले वास्तविकताको पूर्ण चित्रण नगरेको खुलेको छ।

बीबीसी तेलुगूकी दीप्ति बथिनीको यो रिपोर्ट –दिव्या झुप्राझुप्री भएको बस्तीमा बस्छिन् र त्यहाँ अहिले उनलाई सबैले चिन्छन्।

लजालु स्वभावकी यी पाँच वर्षीया बालिका रि’त्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको तस्बिर इन्टरनेटमा भा’इरल भएको थियो।

उक्त मन छुने तस्बिर ‘भोको हेराइ’ क्याप्शन दिएर एउटा स्थानीय पत्रिकाले नोभेम्बर ७ मा छापेको थियो।

उक्त तस्बिर यति प्रभावशाली थियो कि भोलिपल्टै दिव्यालाई उक्त विद्यालयले भर्ना गर्‍यो।

तर ती बालिकाका पिता एम लक्ष्मणले उक्त तस्बिर र त्यसपछि उत्पन्न आ’क्रोशले आफू र कुचीकारको रूपमा काम गर्ने आफ्नी पत्नीको भूमिकालाई उपेक्षा गरेको गु’नासो गरेका छन्।

“उक्त तस्बिर देखेपछि मलाई दु:ख लाग्यो,” उनले बीबीसीसँग भने, “दिव्याका अभिभावक हामी हौँ र हामी अहिले पनि उनको राम्रो भविष्यका लागि निक्कै मेहनत गरिरहेका छौँ। तर उनलाई टु’हुरी र खान नपाएकी बालिकाका रूपमा चित्रण गरियो।”

अन्य दुई छोरी बढ्न बसेको छात्रावासमा छ वर्ष पुगेपछि दिव्यालाई पनि भर्ना गरिदिन आफूले चाहेको उनले बताए। यो दम्पतीका अर्का जेठा छोरा पनि छन्। विद्यालयस्तरीय शिक्षा पूरा गरेर अहिले उनी कलेजमा भर्ना हुन आवेदन दिइरहेका छन्।

लक्ष्मण जीविकोपार्जनका लागि पत्रु सामान सङ्कलन गर्छन् र बेच्छन्। छोराले पनि उनलाई त्यो काममा सघाउँछन्।गरिबीको चक्र
दिव्याको परिवार हैदराबादको केन्द्रमा अवसथित एउटा गरिब बस्तीमा बस्दै आएको छ। बस्तीभन्दा सय मिटरपर एउटा सरकारी विद्यालय छ। त्यहीँ दिव्याको तस्बिर खिचिएको थियो।

बस्तीमा झन्डै ३०० परिवारको बसोबास छ। त्यहाँका अधिकांश वयस्कहरू दैनिक ज्यालादारीमा काम गर्छन् भने बालबालिका नजिकैको विद्यालयमा पढ्न जान्छन्।
लक्ष्मण र उनकी पत्नी मासिक भारु १० हजारजति कमाउँछन्। त्यसबाट उनीहरूले परिवारका लागि आवश्यक खानेकुरा र लत्ताकपडाको जोहो गर्छन्। सरकारी विद्यालयमा केटाकेटीका लागि शिक्षा भने नि:शुल्क छ।

टु’हुरा लक्ष्मणलाई स’ङ्घर्ष भनेको के हो राम्ररी थाहा छ। उनले जीविकोपार्जनका लागि सधैँ स’ङ्घर्ष गरे। उनी भन्छन्, “मेरा सन्तानले मेरोजस्तो जीवन कहिल्यै भोग्नुनपरोस् भन्ने मेरो इच्छा छ। त्यही भएर मैले उनीहरू सबैलाई जसरी पनि विद्यालय पठाइरहेँ।”

“मेरा भाइबुहारीको केही समय पहिले निधन भयो। म उनीहरूका सन्तान टु’हुरा भएर हुर्किऊन् भन्ने चाहन्नँ। मैले उनीहरू सबैलाई छात्रावासमा भर्ना गरिदिएँ र उनीहरूको हेरविचार गरिरहेको छु।”

उसोभए दिव्या खाली भाँडा लिएर सरकारी विद्यालय किन गइन् त ?

यो प्रश्नको उत्तर दिँदै लक्ष्मण भन्छन्, “बस्तीका धेरै कलिला बालबालिका विद्यालयले अपराह्ण वितरण गर्ने नि:शुल्क खाजा पाउने आशामा त्यसरी जाने गर्छन्।”

विद्यालयमा पढ्ने आफ्ना दाजुदिदीबाट खाजाबारे उनीहरूले थाहा पाउने लक्ष्मणको भनाइ छ। भारत सरकारले घोषणा गरेको कार्यक्रमअन्तर्गत १० लाखभन्दा बढी विद्यालयमा नि:शुल्क खाजाको व्यवस्था गरिएको छ।उनले भने, “दिव्या सधैँ त्यहाँ जान्न थिइन्। तर त्यो दिन उनी त्यहाँ गइन् र कसैले उनको तस्बिर खिच्यो।”

लक्ष्मणको भनाइलाई विद्यालयका शिक्षकहरूले पुष्टि गरेका छन्। उनीहरूका अनुसार केही विद्यार्थीहरूले घरबाटै खाजा ल्याएकाले बाँकी भएको खाजा विद्यालयमा भर्ना नभएका अन्य बालबालिकालाई बाँडिएको थियो।

लक्ष्मण र उनका छिमेकीहरू आफ्नो बस्तीमा सरकारले दिवासेवा केन्द्र सञ्चालन नगरेकाले समस्या भएको बताउँछन्।

त्यस्तो केन्द्र नहुँदा बालबच्चालाई त्यसै घरमा छाडेर अभिभावकहरू काममा जानुपर्ने बाध्यता रहेको अभिभावकहरूको गुनासो छ।

एक स्थानीय विद्यालय निरीक्षक एसयू शिवराम प्रसादले दिव्याको तस्बिरले ध्यानाकर्षण गराएकाले त्यस्तो केन्द्र स्थापना गर्ने प्रक्रियालाई गति दिन सक्ने आफूले अपेक्षा गरेको बताए।

उनले भने, “यसले परिवारलाई पनि सहयोग पुर्‍याउँछ र बच्चाहरूले पोषणयुक्त खानेकुरा खान पाउँछन्।”विद्यालयका शिक्षकहरूले सञ्चारमाध्यमले दिएको प्राथमिकतापछि विद्यालयको पूर्वाधारमा सुधार हुने अपेक्षा राखेको बताएका छन्।

उनीहरूका अनुसार विद्यालयमा शिक्षक एवम् पठनपाठनका लागि आवश्यक सामग्रीको अभाव रहेको छ।

विद्यालयवरिपरि पर्खाल नहुँदा खाजा खाने समयमा विद्यार्थीहरू भाग्ने हुन् कि भनेर नियमित निगरानी गर्नुपर्ने अवस्था छ।

विद्यालय जान पाएकोमा दिव्या प्रसन्न देखिन्छिन्। उनी जहाँ जाँदा पनि आफ्नो विद्यालयको झोला लिएरै हिँड्छिन्। नाम सोध्दाबाहेक अरू प्रश्नको उनी खासै उत्तर दिन्नन्।

आफ्नी छोरीको हातमा चुम्बन गर्दै लक्ष्मणले भने, “उनी एकदम शान्त स्वभावकी छिन्।”

जेसुकै भए पनि उक्त तस्बिरले केही राम्रो गरेको उनले सुनाए।

“अहिले दिव्याको उमेरका अन्य बालबालिका पनि विद्यालयमा भर्ना हुन थालेका छन्। त्यही भएर यसबाट म खुसी छु।”

बाह्र लाख नगद सहयोग लिएर कहाँ गए भाग्य न्यौपाने… हेर्दै सेयर गर्दैजानुहोला !!

पैसा कमाउन विदेश गएको छोराको मृत्यु भएदेखि घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा परिवार निकै तनावमा रहेको छन्। वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारले कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ।

आमा, श्रीमती, चार छोरा मृतक कै कमाईमा निर्भर रहेका थिए। आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन बिदेश पुग्ने सबै नेपालिहरु भाग्यमानी हुदैनन्। कतिले राम्रोसँग पैसा कमाएर फर्कन्छ्न भने कतिले बिदेशी भुमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ। यस्तै एक प्रतिनिधि पात्र हुन् तेजलाल बुढा मगर। वैदेशिक रोजगारीका लागी गएका तेजलाल बुढा मगरले कहिले नफर्किने गरि बिदा भए।

साउदीमा करिब एक महिना अगाडि निधन भएका रुकुम पुर्व घर भएका ३८ बर्षिय तेज लाल बुढा मगरको सब अझै सम्म नेपाल आइपुगेको छैन। वहाँको सव नेपाल लेराउने पहल भइरहेको जनाइेको छ। उहाको घरमा ५८ बर्षको बुढी आमा श्रीमती र ४ छोरा छन् । ठुलो छोरा पनि शरीरिक रुपमा अपाङ्ग छन् , दुवै खुट्टामा समस्या छ। भाग्य न्यौपानेको टिम सहयोग रकम लिएर त्यहाँ पुगेका छन् । यो दु:खद घडीमा उहाहरुको समस्यालाई बुझेर मृतकको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परिवार प्रती धैर्यधारणा गर्ने शक्ती मिलोस। निज मृतकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले यस दु:खद घडीमा निजको मृत्‍यु पश्चात घर, परिवार, बालबच्चाहरुलाई केही राहत होस भन्ने उदेश्यले हाल अमेरिका (USA)मा रहेका उपल्लो सेराका चार जना अग्रजहरु चन्द्र बुढा मगर, जयदेव बुढा मगर, गौचन बुढा मगर र ईश्वर बुढा मगरको नेतृत्व तथा सम्पुर्ण युवाहरुको सक्रियतामा अमेरिकि डलर $ 10410 र नेपाली रुपैया १२४३६१५ (बार्ह लाख त्रिचालिस हजार छ सय पन्ध्र) रुपैयाँ सहयोग संकलन गरी सहयोग प्रदान गरियको छ। साथै अन्य विभिन्न तहबाट सहयोग गर्ने सहयोगी मनहरुमा आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै हार्दिक धन्यवाद दिन चाहन्छौ।

उहाको सहयोगको लागी थप सहयोग रकम जापानबाट नेपाल भर्खरै आउनु भएको लाल बुढा मगरले नेपाली रुपैयाँ १०००० (दस हजार) दिनु भएको छ। जम्मा उहाँको लागी सहयोग रकम १२५३६१५(बार्ह लाख त्रिपन्न हजार छ सय पन्ध्र) रुपैयाँ हस्तान्तरण गरिएको छ। उहाँहरूलाई अहिले केही रकम मात्रै दिएर बाकी पैसा धन कुमार बुढा र बागलाल बुढा मगरले उहाँहरुकै बैंक खातामा जम्मा गरिदिनु भएका छन्।