Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअपपछि नेहा एकदमै दुःखी भएकी थिइन् ।उनले आफूले गरिरहेको शो ‘इंडियन आइडल’मा पनि उक्त विषय लिएर खुब रोएकी थिइन् ।उनले आफ्नो सामाजिक सञ्जालबाट पनि आफ्ना भनाइहरु अभिव्यक्त गरेकी थिइन् ।सो समयमा हिमांश कोहली एकदमै चुपचाप थिए ।अहिले भने हिमांशले नेहासँगको ब्रेकअपको विषयमा आफ्नो भावना बताएका छन् ।

बम्बे टाइम्ससँगको अन्तर्वार्तामा हिमांशले भनेका छन्, ‘मेरो तर्फबाट यो कुनै नराम्रो भएको थिएन ।तर जब अनुमान लगाउन शुरु भयो तब कुरा खराब हुन थालेको हो । यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो अवस्था थियो ।अब सबैकुरा ठिक भइसकेको छ । तर एक समयमा सामाजिक सञ्जालमा ममाथि नचाहिँदो प्रश्नहरु उठाइरहिएको थियो ।’

‘कसैले पनि वास्तविक कुरा जान्न चाहिरहेका थिएन र म भिलेन बनेँ । यो मेरोलागि एकदमै दुःखद कुरा थियो ।मैले केही पनि भनेको थिइन र नेहाले जे भन्यो त्यसकै हिसाबमा मानिसहरु आ–आफ्नो निष्कर्ष निकालिरहेका थिए,’ उनले थपे, ‘उ टिभी शोमा रुन थालेपछि सबैले विश्वास गरेर मलाई आरोप लगाए ।

म पनि रुन चाहान्थेँ, आखिर हामी सबै मानिस नै हौँ ।’कुनै समय आफूले सामाजिक सञ्जालमा केही लेख्न चाहेर पनि लेख्न नसकेको बताउँदै हिमांशले केही समय पर्खनेबारेमा सोचेको स्पस्ट पारे ।उनले भनेका छन्, ‘शोमा रोएर उसले सावित गर्न खोजेको कुराले म एकदमै दुखी भएको थिएँ तर पनि उसले मेरोबारेमा यस्तो किन गरिन भनेर मैले कहिल्यैपनि सोधिन ।’

हिमांशले ब्रेकअपको कारण नखुलाए पनि नेहासँग सहमतिमै ब्रेकअप भएको बताएका छन् । उनले भने, ‘हामी सहमतिमै छुट्टीएका हौँ, उसले मुभ अन गर्ने निर्णक्ष् गरिन् ।म उनको इज्जत गर्छु । तर समय बदलियो । उ हरेक समय सामाजिक सञ्जालम केही न केही लेखिरहेकी हुन्थिन् ।उनको लेखाईको सजाय मैले भोगेँ ।’