Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

पछिल्लो समय रङ्ग दुनियामा विवाद र आलोचनाको भुमरिमा पर्ने कलाकारहरू एक पछि अर्को गर्दै थपिरहेको छ । पुजा शर्मा, सुष्मा कार्की, दिपाश्री निरौला, भुवन केसि, साम्राज्ञी राज्यलक्ष्मी शाह यसको मुख्य पात्रहरु हुन् । यसैक्रममा अर्का चर्चित अनुहार पनि पुन विवादमा तानिने पक्का देखिएको छ । जुन नाम हो दुर्गेश थापा । उनले भर्खरै सार्बजनिक गरेको तीज गीत बिवादमा तानिने देखिएको हो ।

उनको भर्खरै सार्बजनिक बिच बिचमा २ (एउटा फोटो खिच) पुरानो एक गीत संगै हुबहु शब्द मिल्न गएको छ । करिब ६ वर्षअघि युट्युबमा सार्बजनिक ‘आकाशैमा बादलु’ बोलको गीत संग शब्द मिल्न गएको हो । हेर्नुस् यी २ गीत एकै भिडियोमा ।

blob:https://www.facebook.com/699eca9a-342e-48a4-a8b2-9962de1ea27a

पुरानो गीत ‘आकाशैमा बादलु’को शब्द अलि मियाले लेखेका हुन भने दुर्गेशको नया तिज गीतमा दुर्गेश संगै राम खत्री र राजन राजन कार्किले संयुक्त रुपमा लेखेका छन् । अब यो गीत विवादको भुमरिमा परे दुर्गेश संगै यी २ शब्द रचनाकार पनि फन्दामा पर्नेछन् । आकाशैमा बादल गीतलाई हरिदेवी कोईराला र प्रेम राजा महतले गाएका छन भने सो गीतको भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । दुर्गेश यसअघि पनि तिहारको गीत बिवादमा प्रहरी नियन्त्रणमा परेका थिए ।