Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले एक जना वरिष्ठ सरकारी कर्मचारीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । फ्रान्समा कोरोना भाइरस सं’क्रमणबीच खुकुलो बनाउने नीति ल्याउनुभएका सरकारी कर्मचारी जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

फ्रान्सको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै जिन कास्टेक्सलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको र सरकार गठनको कार्यादेश दिइएको उल्लेख गरेको छ ।

इडौर्ड फिलिप नेतृत्वको सरकारले शुक्रबार राजीनामा गरेको थियो । गत साता सम्पन्न स्थानीय चुनावमा राष्ट्रपति मैक्रोनको दलले ठूला शहरमा चुनावमा हार बेहोरेको थियो । कोरोना सं’क्रमणबाट निम्तिएको आर्थिक मन्दीलाई रफ्तार दिन राष्ट्रपति मैक्रोनले नयाँ सरकार गठन गर्न लाग्नुभएको हो ।