Jagaran Nepal शनिबार, आषाढ २०, २०७७

काठमाडौं । कोरोना म’हा’मा’रीले नेपालमा थप एक जनाको ज्यान लिएको छ । कोरोना सं’क्र’मित भएका एक जनाको गोरखा अस्पतालमा मृ’त्यु भएको हो । पालुङटार नगरपालिका–७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृ’त्यु भएको गोरखा अस्पतालले जानकारी दिएको छ ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । सबैको जानकारीको सेयर गर्नुहोस !!