Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं / संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा पुगेर उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन् ।

सिमित आफन्त र साथीभाइहरुलाई बोलाएर उनीहरुले विवाह गरेका हुन् । अहिले पनि वैवाहिक कार्यक्रम चलिरहेको छ । अर्जुन र दुर्गा बेहुला बेहुली बनेको तस्बिर सार्वजनिक भएको छ ।

अर्जुन र दुर्गा बेहुला बेहुली भएको तस्बिर सार्वजनिक गर्दै चर्चित गायक प्रमोद खरेलले उनीहरुलाई शुभकामना दिएका छन् ।नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ ।