Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै ज्यान फालेकी छन् । ज्यान फाल्नेमा गर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेको प्रहरीले जनाएको छ । खबर पाएसँगै प्रहरी गौतमको घर पुगेको थियो । तर, प्रहरी पुग्नु भन्दा अघि नै उनकोनिधन भइसकेको प्रहरीले जनायो । गौतमका घरका ससदस्य भने सबै भारत गएका छन् । शवपोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टमको छानबिनपछि मृत्युकोकारण खुलने प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले घटनाभएको पुष्टि गरे । युवतीले किन यसो गरिन् भन्ने खुलेको छैन । युवतीको शवपोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् । भिडियो हेर्नुहोस