Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न माग राख्दै अनसन बसेका इशान अधिकारी र पुकार बमलाई पूर्वयुवराज पारस शाहले शुक्रबार भेट गरेका छन् ।

पोखराबाट बिहीबार काठमाडौं आइपुगेका पूर्वयुवराज शाहले शुक्रबार इनअफ इज इनअफ अभियानका अधिकारी र बमलाई भेट्न ह्याम्स अस्पताल पुगेका हुन् ।

कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग राख्दै अनसन बस्दा स्वास्थ्य अवस्था बिग्रिएपछि उनीहरुलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

यही असार १२ गतेदेखि पाटनमा उनीहरु अनशन बसेका थिए । कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका हुन् ।