Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं / समाजसेवी तथा सामाजिक अभियान्ता युवा अर्जुन भुसालको पहलमा भरतपुर निवासी नरबहादुर परियारले नयाँ घर पाएको छ ।चारैतिर भत्किएको घरमा बस्दै आइरहेको परियारको दु:खलाई देखेर अभियान्ता भुसालले केहिसमय अगाडि नयाँ घरको शिलान्यास गरेको थियो ।छोटो समयमै नरबहादुरको घर बनेपछि अर्जुन भुषालले सञ्जमलमा यस्तो लेखेका छन् ।

म को हु के हु मलाइ थाहा छैन बस यति कुरा थाहा छ कि समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच छ । सामाजिक कार्यमा जानि नजानि लागिरहेकै छु । बिभिन्न ठाउमा सहयोग गर्ने क्रममा छौ । गरिरहेका पनि छौ। केहि दिन अगाडि प्रीय मित्र रबिन्द्र्ले भरतपुर ६ नहरमा बस्ने एक जना बुवा नरबहादुर परियारको अवस्था निकै नाजुक छ भन्नुभयो तत्काल बुझ्न आए जब बुवा बस्ने त्यो घर देख्दा मन रोयो ।

त्यहि दिन बेलुका एउटा स्टाटस् लेखेर पोस्ट गरेको थिए देश बिदेशमा रहनुहुने शुभचिन्तक आदरणीय अग्रज ब्यक्तित्वहरुले हामि सहयोग गर्छौ घर बनाइदिनु अर्जुन जि भन्नुभयो र त्यहि पर्सि पल्ट घरको शिलान्यास गरेर घर बनाउने अभियानमा होमियौ र सबैको सहयोगको कारणले घर निर्माण गरेर आज हस्तान्तरण गरेका छौ।

घर निर्माण मा कुल रु:२ लाख ६३ हजार ९ सय ४२ रुपैया सन्कलन भएको थियो ।घर निर्माणमा रु:२ लाख ४४ हजार ४ सय पैतिस रुपैया खर्च भएको जानकारी गराउन चाहन्छु र बाकि रहेको नगद रु:१९ हजार ५ सय ७ रुपैया आदरणीय नरबहादुर परियार बुवालाइ हस्तान्तरण गरेको छु । र अन्त्यमा आज देखि यो अभियान औपचारिक रुपमा बन्द भएको जानकारी गराउछु।

कसैले रकम पठाउनुभएकाे छ भने जानकारी गराइदिनुहोल। हरेक सहयोगी मनको पोस्ट मेरो आधिकारिक Arjun Bhusal/अर्जुन भुसाल पेजमा गरेको जानकारी गराउन चाहन्छु।

पुन महान सहयोगि मन भगवानहरु प्रति मनै देखि धन्यवाद धेरै माया तपाइहरुको बिस्वासलाइ सधै मनमा राखेर सल्लाह सुझाबलाइ शिरोधार्य गरेर अघि बढ्नेछु । काम गर्दै गर्दा नजान्न सक्छु आफनै सम्झेर सल्लाह सुझाब दिनुहोला।