Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं – लगातार दोस्रो दिन पनि सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ ।

बिहिबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनको मूल्य प्रतितोला ७ रूपैयाँ घटेको थियो ।

सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।