Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं, १९ असार । बलिउडकी एक अभिनेत्रीले आफु डि प्रेशनमा पुगेको भन्दै प्रहरीसंग सहयोग मागेकी छन् । भोजपुरी अभिनेत्री रानी चटर्जीले आफुलाई एक पुरुषले दु’ ब्र्य वहार गरेको भन्दै प्रहरीको सहयोग मागेकी हुन् ।१५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी उनी अहिले डि प्रेशनमा गएको बताएकी छन्। रानीले आफू अहिले त’नावमा रहेको र अरुको सहयोग आवश्यक भएको बताएकी छन् । रानीले इन्स्टा पोस्टमा नोट लेखेर मुम्बई पुलिससँग मद्दत मागेकी छन्। उनले आफूलाई एक व्यक्तिले दु’व्र्य व’हार गरिरहेको उल्लेख गर्दै लेखेकी छन्, ‘म धेरै डि प्रेसनमा छु।

मजबुत र सकारात्मक बन्ने प्रयास गरे पनि सकिरहेको छैन। यो व्यक्तिले धेरै वर्षदेखि मेरो बारेमा फेसबुकमा गा’ली गरिरहेका छन्। मैले इग्नोर गर्ने धेरै प्रयास गरेँ तर सकिरहेको छैन। बलिउडमा सुशान्त राजपुतको निधन पछि अहिले एउटा वहस सुरु भएको छ । परिवार वादका कारण अन्य कलाकारले अवसर नपाउँदा डि प्रेशनमा गएर सुशान्तले यस्तो निर्णय गरेको भन्दै वहस सुरु भएको हो ।

सुशान्त मुम्बईको बान्ध्रा स्थित आफ्नै घरमा देहत्याग गरेको अवस्थामा फेला परेका थिए । प्रहरीले अहिले उनको निधनको कारण खोज्न अनुसन्धान जारी राखेको छ । उनको निधन पछि वलिउडमा सुशान्तलाई यो निर्णयमा पुग्ने बा ध्य पार्नेहरुका बारेमा अनुसन्धान गर्न प्रहरीलाई दववा परेको छ । प्रहरीले अनुसन्धानलाई सोही अनुसार लगेको छ । अहिले सम्म दर्जन बढीसंग प्रहरीले वयान लिइसकेको छ । सुशान्तको घटना पछि बलिउडमा अन्य कलाकारले पनि आफुलाई परेको समस्याका बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् ।

बलिउडमा थुप्रै कलाकारले परिवारवादका कारण आफुहरुले अवसर नपाएको भन्दै सामाजिक सञ्जालमा अनुभव सार्वजनिक गरेका छन् । जसका कारण परिवारवाट आएका कलाकारहरुको वहिष्कार अभियान समेत सुरु भएको छ । बुवा आमा फिल्म निर्देशक वा फिल्म निर्माता भएका कलाकार वहिष्करणमा परेका छन् ।जसका कारण धेरै कलाकारले सामाजिक सञ्जाल चलाउन समेत बन्द गरेका छन् । रानिले सामाजिक सञ्जालवाट यस्तो आग्रह गरेपछि अहिले उनको सहयोगका लागि प्रहरीले के गरिरहेको छ भन्ने कुरा भने खुलेको छैन । त्यसपछि रानिले सामाजिक सञ्जालमा केही उल्लेख गरेकी छैनन् । उनले आफुलाई दु’ब्र्यव’हार गर्ने पुरुषका बारेमा पनि खुलाएकी छैनन् ।