Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरो,पहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।उनले आफ्नो चरित्र ह,त्या हुने किसिमका कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त भएको देखिएको भन्दै छानबिन गर्न उजुरी दिएका हुन् । केसीले निवेदनमार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दु,र्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्य,वहार गरेको छैन, यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् ।

तर, साम्राज्ञीले भने भिडियोमार्फत एक निर्माताले ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाएकी छिन् । साम्राज्ञीले भुवनको नाम भने उक्त भिडियोमा उल्लेख गरेकी छैनिन् । भुवनले भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्युब लगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्र ह,त्या गरेको र चलचित्र क्षेत्रको नै बदनाम भएको अनभुव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् । साथै उनले केही घण्टापहिले सामाजिक सञ्जाल फेसबूकमा एक नोट लेख्दै साम्राज्ञीलाई पुनः झुठा लाञ्छना लगाएमा साइबर क्राइमअन्तर्गत उजुरी दिने बताएका थिए । भिडियो हेर्नुहोस