Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

केही समयदेखि चर्चित कलाकारहरु गु,मा,इरहेको बलिउडले थप एकजनालाई गु,मा,ए,को छ ।बलिउडमा प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ ।

बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।सास फेर्न समस्या भएर भर्ना भएकी सरोज खानको शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् ।

खानलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो। उनी ७२ वर्षकी थिइन।उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्। उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनको निधनमा बलिउड पुरै शोकमा डुबेको छ । उनले हवा हवाइमा माधुरी दिक्षितसहित सबै चर्चित कलाकारलाई नचाइसकेको छिन् । उनको निधनमा बलिउड अभिनेत्री तथा नेपालकी छोरी मनिषा कोइराला पनि शोकमा डुबेको छिन् ।

सरोज सुशान्तको निधनले दुखी भएको थिइन् । इन्टाग्राममार्फत उनले सुशान्तको निधनमा दुखी भएको बताएको थिइन् । सुशान्तलाई दिएको श्रद्धाञ्जली नै उनको अन्तिम पोष्ट बन्यो ।