Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार एक मन्दिरमा पुगेर उनीहरूले विवाह गरेका हुन् । लकडाउनका कारण सीमित व्यक्तिहरूको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन् । विवाहमा अर्जुन र दुर्गाका सीमित आफन्तहरूको मात्र उपस्थिति थियो ।

अर्जुन र दुर्गा प्रेममा रहेको समाचार पहिल्यैदेखि आइरहेको हुन्थ्यो । तर, उनीहरूले यस कुरालाई नकार्दै आएका थिए । अन्तत: उनीहरूले आफ्नो प्रेमलाई विवाहमा नै परिणत गरेका छन् ।

यसअघि उनीहरूले वैशाखलाई विवाहको मिति पक्का गरेका थिए । तर, त्यस समय लकडाउनमा कडाइ भएका कारण उनीहरूले विवाहको मिति सार्नुपरेको थियो । उनीहरूले अवस्था सामान्य भएपछि विवाह भोज गर्ने सोच बनाएका छन् ।

अर्जुनको संगीतमा तयार भएका धेरै गीतमा दुर्गाले स्वर दिएकी छन् । ‘काले केटा, भेटेरै सुन्नु छ’लगायतका गीतहरू निकै हिट गीतमा पर्छन् । सन्नी लियोनीले आइटम नृत्य गरेको ‘सन्नी हो नाम’ बोलको गीतमा पनि अर्जुन र दुर्गाको सहकार्य भएको थियो ।