Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजाे आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकाे थियाे भने तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै चाँदी प्रतितोला ९५० रुपैयाँमा कोरोबार भएको थियो।