Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं / नेपाली चलचित्रमा पछिल्लो समयको दुई चर्चित नायक नायिका पल शाह र स्वस्तिमा खड्काको अभिनयमा नयाँ म्युजिक भिडियो बजारमा आउने भएको छ ।

गायक सरोज ओली र स्मिता दाहालको स्वरमा रहेको ‘मायालु तिमी कता छौं २’ भिडियोमा पल शाह र स्वस्तिमा खड्काले लामो समयपछि एकसाथ काम गरेका हुन् । अहिलेसम्म यी जोडीले एउटै फिल्ममा भने काम गरेका छैनन् ।

मायालु तिमी कता छौं २ गीतको भिडियो साउन १ गतेबाट डिजिटल बजारमा आउने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) कारण सरकारले गरेको लकडाउनमा झण्डै तीन महिना घरमा बसेका कलाकारहरु बिस्तारै सामाजिक दूरी कायम गरेर काममा फर्किन सुरु गरेका छन् ।

बन्दा बन्दीमै छायांकन गरिएको सरोज ओलीको ‘ए है माया’ गीतको म्युजिक भिडियोलाई युट्युबमा सार्वजनिक गरिएको छोटोे समयमै ४६ लाख भन्दा धेरैपटक हेरिएको छ । उक्त भिडियोमा पल शाह , रियाशा दाहाल, सागर लम्साल बले लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

भिडियाे