Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

एजेन्सी – धेरै कमाउने सेलिब्रेटीले वर्षेनी नै भारतमा चर्चा पाइरहेको हुन्छ । अक्षय कुमार र सलमान खान, शाहरुख खान, आमिर खान, लगायतका कलाकारहरुवर्षेनी दोहोरीइरहँदा यो वर्ष भने चर्चित कलाकारहरु अक्षय कुमारले सलमान खानलाई उछिन्दै धेरै कमाउने सेलिब्रेटीमा पहिलो स्थानमा परेका छन् । भारतिय मिडियाका अनुसार यस वर्षको १०० मानिसहरुको लिस्टमा अक्षय कुमार ३६५ करोड भारतीय रुपैयाँ कमउँदै ५२ औँ स्थानमा रहेका छन् ।

अनुमानित कमाई र सोसल मिडियामा लोकप्रियताको आधारमा यसको मापन गरिएको आँकडा अनुसार नवभारत टाइम्सले कमाई गर्नेमा विराट पनि रहेका छन् । नवभारत टाइम्सका अनुसार उनको अनुमानित कमाई २ सय ५७ दशमलव ७२ करोड भारु रहेको छ ।