Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ ।केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ ।केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।

“विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ,” केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भन्नुभयो ।कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ । । ।

यो पनि काभ्रेमा विदेशबाट आएका थप तीनजनामा कोरोना पुष्टि

काभ्रे, १९ असार – विभिन्न देशबाट काभ्रे आएका थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। बिहीबार पाँचखाल नगरपालिकाका दुईजना र बनेपा नगरपालिकामा एकजना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्र झाले जानकारी दिए। तीनजनामध्ये दुई पुरुष र एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।अन्न्पुर्ण पोस्टमा खबर छ ।

पाँचखाल नगरपालिकामा वडा नं ९ का दिल्लीबाट आएका युवा र वडा नं ६ का साउदी आरबबाट आएका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। असार २ गते नेपाल आइपुगेका पाँचखालका दुई जना युवा समाजकल्यान प्रविमा रहेको क्वारेन्टाइनमा बसिरहेका पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले बताए।

असार २ गतेदेखि नै क्वारेन्टाइनमा विदेशबाट आएर बसिरहेको युवामा कोरोना देखिएपछि मेयर महेश खरेल लगायत नगरपालिकाको स्वास्थ्य टिम पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बिहीबार जानकारी लिएको कार्कीले जानकारी दिए। विभिन्न देशबाट पाँचखाल क्वारेन्टाइनमा आएका २४ जनाको पीसीआर चेक गरिएको र अन्यलाई संक्रमण नदेखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले जानकारी दिए ।