Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फै,लि,नु हुँदैनथ्यो तर चीनले फै,लि,न दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पा¥यो ।’

अमेरिकामा कोरोना भाइरस सं,क्र,मण ती,व्र रुपमा फै,लि,इरहेको बेला ट्रम्पले पछिल्लो अभिव्यक्ति दिएका हुन् । १४ औं शताव्दीको पाँचौं र छैटौं दशकमा युरोपभरि फै,लि,एको प्लेग रो,ग,का कारण युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्या,न लिएको बताइन्छ ।

अहिले २१ औं शताव्दीमा (सन् २०१९ को डिसेम्बर अन्तिम साता) चीनको वुहानबाट कोरोना भाइरस सं,क्र,मण फै,लि,न सुरु गरेको थियो चीनले छोटो समयमै कोरोना संक्रमणलाई नियन्त्रणमा लिँदा ट्रम्पले चीनको प्रशंसा गरेका थिए । तर, जब कोरोना सं,क्र,म,णले विश्वव्यापी म,हा,मा,री लियो र अमेरिका सबैभन्दा बढी प्रभावित भयो, तब ट्रम्प चीनमाथि आ,क्रा,म,क हुँदै आएका छन् ।

उनले जानीबुझी चीनले भाइरस फै,ला,ए,को आ,रो,प लगाएका छन् । चीनको पक्षपोषण गरेको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि ब,न्द गराएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट अमेरिकामा २७ लाख ३५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणकै कारण अमेरिकामा १ लाख २८ हजारभन्दा बढीको ज्या,न गएको छ ।

यस्तै यस वर्षको उत्तरार्द्धमा कोभिड–१९ अर्को चरणको सं,क्र,म,ण देखा पर्‍यो भने विश्वको कार्य घन्टा ११ दशमलव ९ प्रतिशतले गुम्ने अन्तरराष्ट्रिय श्रम संगठन आईएलओले चे,ता,व,नी दिएको छ । यो भनेको ३४ करोड फूल टाइम रोजगारी गुमे बराबर भएको संगठनको भनाइ छ ।

कोभिड–१९ को पाँचौं संस्करण अनुसार यस वर्षको बाँकी अवधिमा विश्वको श्रम बजारमा पुर्नबहाली अनिश्चित र अपूरो छ । यस वर्षको दोस्रो त्रैमासमा विश्वको कार्य घन्टामा १४ प्रतिशतको कमी आएको थियो । यो भनेको ४० करोड फूल टाइम रोजगारी बराबरको हो । यस वर्षको पूर्वार्द्धमा विश्वभर कार्य घन्टामा आएको कमी यस अघि अनुमान गरिएकोभन्दा निकै धेरै रहेको छ ।

स्थिति राम्रो हुँदा समेत महामारी पूर्वको स्तरमा पुग्न पर्याप्त नहुने चेतावनी संगठनले दिएको छ । निराशानजनक स्थितिमा भने वर्षको दोस्रो अर्धवार्षिक अवधि दोस्रो त्रैमासजत्तिकै चुनौतीपूर्ण हुनेछ ।

पहिलो त्रैमासमा सिकिएको पाठका आधारमा अति नै राम्रो नीतिगत प्रतिक्रिया आयो भने पनि वर्षको अन्त्यसम्ममा विश्वको कार्य घन्टामा ११ दशमलव ९ प्रतिशतको कमी आउनेछ । यो गत वर्षको चौथो त्रैमासको तुलनामा करीब ३४ करोड फूल टाइम रोजगारी बराबर हो ।

यस्तै ६ महिनादेखि फैलिएको कोरोना भाइरसको सं,क्र,मण,बा,ट विश्वभर एकै दिन अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ७१ हजार ३०२ पुगेको छ ।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार ९० छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २३ हजार १७७ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ६१ लाख ३४ हजार ६१५ पुगेको छ भने ४३ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको छ । २४ लाख ४० हजार ६२५ जना संक्रमित भएकोमा १३ लाख ९७ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७१ हजार ९५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ३ हजार ८१३ पुगेको छ । त्यसमध्ये १४ लाख ४९ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५८ हजार ८८९ जनाको मृत्यु भएको छ । २४ लाख १९ हजार ८४८ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८८ हजार ९६५ जनाको मृत्यु भएको छ । २३ लाख ६२ हजार २१० जना संक्रमित भएकोमा १४ लाख ५९ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा १० हजार ६२२ जनाको ज्यान गएको छ भने ४ लाख ३४ हजार ४४२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ६४६ जना संक्रमित भएकोमा ८ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् ।