Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क नलगाएका विषयलाई राजनीतिकरण गरिएकाले यो धेरै चर्चाको विषय बन्यो। उनले फक्स बिजनेसलाई दिएको एक अन्तरवार्तामा आफूले मास्क नलगाएको प्रश्नको जवाफ दिएका छन्।

मास्क नलगाएको प्रश्नको जवाफमा ट्रम्पले चाहिएको स्थानमा मास्क लगाउन आफूलाई कुनै पनि समस्या नभएको बताएका छन्। कोरोना भाइरस महामारीका समयमा मास्क लगाउनुलाई सबैभन्दा अत्यावश्यक सावधानीको उपायको रूपमा हेरिन्छ। विश्व स्वास्थ्य संगठनले पनि मास्क लगाउन र सामाजिक दुरीको अभावमा हुने संक्रमणबाट सुरक्षित रहन यसलाई अपरिहार्य बताएको छ।

अन्तरवार्ताको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू अत्यधिक मानिस भएको ठाउँमा भएमा कुनै शंका बिना मास्क लगाउने बताए। ट्रम्पले भने, ‘म धेरैजसो यस्तो परिस्थितीमा हुन्नँ जहाँ मास्क लगाउनु आवश्यक हुन्छ। तर आवश्यक स्थानमा म मास्क पक्कै पनि लगाउनेछु र मास्क लगाउनु राम्रो कुरा हो।’ अमेरिका कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित भएको देश हो।