Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

एजेन्सी । बलिउड चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी सरोजको शुक्रबार बिहान निधन भएको छ ।

उनको कोरोना परिक्षण पनि गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो । सरोज खानले बलिउड फिल्म उद्योगमा कोरियोग्राफी गरेर नै विशेष स्थान बनाएकी छन् । उनले श्रीदेवी, माधुरी दीक्षित, र आलिया भट्ट लगायत धेरै कलाकारलाई कोरियोग्राफ गरेकी छन् ।

सरोज खानले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी छन् । कोरियोग्राफीमा लाग्नु अगाडी सरोजले ब्यकग्राउन्ड डान्सरको रुपमा काम गरेकी थिइन् । सन् १९७४ मा रिलिज भएको फिल्म ‘गीता मेरा नाम’ बाट सरोजले कोरियोग्राफी सुरु गरेकी हुन् ।

सरोज खानले काोरियोग्राफी गरेको फिल्ममा ‘मिस्टर इन्डिया’, ‘चांदनी’, ‘तेजाब’ लगायतका छन् । उनले कोरियोग्राफी गरेको चर्चित गीतमा माधुरी दीक्षितको ‘धक धक करने लगा’ आज पनि चर्चामा छ ।

भिडियाे
भिडियाे
भिडियाे
भिडियाे
भिडियाे