Jagaran Nepal शुक्रबार, आषाढ १९, २०७७

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले महिलामाथि दु’र्व्यवहार गरेका छन् । नगरपालिकाको वडा नम्बर–९ का वडाध्यक्ष राम नाथले सोही वडाको ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलामाथि दु-व्र्यवहारको प्रयास गरेका हुन् ।

बिहीवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ । मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।