Jagaran Nepal बिहिबार, आषाढ १८, २०७७

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोनाको महामा’री बढ्ने संकेत देखिएको छ । मंगलबार ८ जना, बुधबार १४ जनामा संक्रमण थपिएसँगै बिहिबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २८जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको बताए।

नेपालमा पछिल्लो थप २४ घण्टामा ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि उनले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । योसँगै नेपालमा हालसम्मको संक्रमित सख्या कुल १४ हजार ५ सय १९ पुगेको छ भने ३१ जनाको कोरोनाबाट निधन भएको छ।