Jagaran Nepal बिहिबार, आषाढ १८, २०७७

काठमाडौं, असार १८- पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश बर्ष दूरीस्थित एक विशाल तारा अचानक गायब भएको घटनाले खगोलशास्त्री चकित परेका छन् ।कुनै तारा सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यस्तो घटना पहिलो भएको उनीहरुले अनुमान गरेका छन् ।नीलो रंगको यो तारा किनम्यान डवार्फ आकाश गंगामा थियो । युरोपियन सदर्न अब्जर्भेटरी९ईएसओ० को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा विलाएको पत्ता लागेको हो ।

धेरै दुरीका कारण यो तारालाई देखिएको थिएन तर डिटेक्ट गरिएको थियो । यसको मद्दतबाट बैज्ञानिकहरु पनि यति ठूलो तारा कसरी मर्छ भनी खोजिरहेका थिए ।नेपाल समाचारपत्र दैनिकमा खबर छ । यो तारा सूर्यभन्दा २५ लाख गुणा तेजिलो थियो । यो सन् २०११ देखि २०१९ को बीचमा गायब भएको अनुमान गरिएको छ । तारा यसरी एकाएक हराउनुलाई बैज्ञानिकहरुले धूलोले ढाकेको हुन सक्ने पनि अनुमान गरेका छन् ।