Jagaran Nepal बिहिबार, आषाढ १८, २०७७

बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको जानकारी दिएको छ ।यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले सरकारी कमिटीलाई ट्रायलको अर्को चरणका लागि ८ हजार भोलुन्टियरको पंजीकरण भएको जानकारी दिए ।यद्यपि, उनले भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी दिएनन् किनभने यसको भविष्य ट्रायलको नतिजामा निर्भर हुनेछ ।स्रोतः बीबीसी