Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

भोजपुरी नायिका रानी चटर्जीले मंगलबार सामाजिक सञ्जालमा आ-त्मह-त्या गर्ने कुरा उठाएकी छिन्। उनले आफू डि-प्रेशनसँग जुधिरहेको र अब हिम्मत बाँकी नरहेको भन्दै आ-त्मह-त्याको कुरा उठाएकी हुन्।

यी सबका लागि रानी चटर्जीले धनंजय सिंहका नामका व्यक्तिलाई जिम्मेवार देखाएकी छिन्। रानी चटर्जीले आफ्नो फेसबुक पेजमा लेखिन्, ‘डि-प्रेशनमा म असाध्यै धेरै डिस्टर्ब भइसकेकी छु। म धेरैजसो बलियो भइरहन र सकारात्मक सोच हुनुपर्ने विषयमा कुरा गरिरहन्छु तर अब मेरो सोच, मेरो धारणा फेल खाइरहेको छ। यी व्यक्तिले थुप्रै वर्षदेखि मेरा बारे कस्ता कस्ता फोहोरी कुरा फेसबुकमा लेखिरहेका छन्।

उनले थप लेखेकी छिन्, ‘मैले यसलाई वास्ता नगर्न कोसिस गरेँ । मैले थुप्रै मानिसहरुसँग यसबारे कुरा पनि गरेँ । सबैले वास्ता नगर्न सुझाए तर म पनि एक व्यक्ति नै हुँ। म मोटी छु, बुढी छु वा म केही काम गर्छु भन्दैमा यी व्यक्तिले यस्ता भद्दा कुरा लेख्न मिल्छ ? मलाई सबैले यस्ता कुरा पठाउँछन् र वास्ता नगर्न भन्छन्। अब मेरो सहनशीलता गुमिसकेको छ।’

म थुप्रै वर्षदेखि यो कुराको कारण निकै चि-न्तित भइसकेकी छु । मानसिक त-नावसँग गु-ज्रिसकेकी छु। उनले सायद मैले आ-त्महत्या गरोस् भन्ने चाहन्छन्। उनकै कारण मेरो नीजि जीवनमा पनि अत्यधिक त-नाव छ। मुम्बई प्रहरीसँग मेरो यो अनुरोध छ कि मैले केही गरिहालेँ भने यसको जिम्मेवार धनञ्जय सिंह नै हुनेछन्।’