Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

एजेन्सी । कोरोना रोकमाथका लागि जारी लकडाउनले मानिसहरुलाई घरमै बस्न बाध्य बनाएको छ। सबैपरिवार एकै घरभित्र रहँदा यसले कलह समेत निम्त्याउँने गरेको छ। कलहका कारण पति-पत्नीबीच सम्बन्ध बिच्छेदका घटनाहरु वृद्धि हुनसक्ने प्रक्षेपण समेत गरिएका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल बनेको छ,जसमा एउटी महिलाले आफ्नो पति बिक्रीमा रहेको भन्दै बोर्डनै घरको अगाडी टाँसेकी छन्। उक्त तस्विर कहाँको हो भन्नेबारे नखुलाइएपनि पारिवारिक खटपटका कारण यस्तो भएको अनुमान गरिएको छ।

भारतमा भने एक ५७ बर्षिया सरकारी जागिरे महिला लकडाउनबीच प्रेमीको घरमै पुगेको खबर सार्वजनिक भएको छ। एउटै कार्यालयमा काम गर्ने ४५ बर्षीय पुरुषसँग ती महिलाको पछिल्लो समय प्रेम सम्बन्ध चलिरहेको थियो। लकडाउनका कारण भेटहुन छाडेपछि ती महिला प्रेमीको घरमै पुगेकी हुन।

यो खबर मध्य प्रदेशको राजधानी भोपाल रहेको आजतकले जनाएको छ। कोरोना भाइरसको कारणले देशव्यापी लकडाउन पछि महिला २५ मार्चदेखि घरमा एक्लै हुँदा प्रेमीलाई निकै सम्झन थालिन् र अप्रिल १७ मा प्रेमीको घरमा पुगेकी थिइन।

भान्सामा प्रेमीकी पत्नी काम गरिरहेको देखेपछि उनी छक्क परिन्। विधवा रहेकी ती महिलाले ‘पति आफूलाई देउ भन्दै ती महिलालाई प्रस्ताव गरेपछि घरमा खैलाबैला मच्चिएको छ।

प्रेमीको घरमा पुगेकी उनले ”पुरै सम्पती दिन्छु पति मलाई देउ”भन्दै प्रेमीकी श्रीमतीलाई प्रस्ताव गरेकी थिइन्। विवाद भएपछि उक्त कुरा फ्यामली कोर्टमा पुगेको छ। प्रेमीले पनि ती विधवाको पक्ष लिँदै उनलाई एक्लै छाड्न हुँदैन भनेपछि परिवारमा झन् खैलाबैला मच्चिएको हो। उक्त मुद्धा अदालतमा पुगेको छ।

ती पुरुषकी श्रीमतीले आफ्नो १४ बर्षे विवाहित सम्बन्ध रहेको भन्दै उनले अहिले आएर घोका दिएको बताएकी छिन्। दुवै पक्षबीच कुरा मिलाउने प्रयास भइरहेको छ।