Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौं। बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ।असमायिक निधनले कपुर परिवार निकै दुःखी छ।ऋषि कपुरको निधनपछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गर्ने गरेकी छिन् ।

मुम्बइमा भएको अपार्टमेन्टमा उनी एक्लै बस्दै आएकी छिन् ।छोरा रणबीर कहाँ छ भन्ने भारतीय मिडियाको प्रश्नमा उनले, आफु बलियो भएकोले एक्लै बस्न रुचाउने बताएको थिइन् ।पापाराजीले रणबीरलाई आलियाको साथमा पटक पटक भेटेको बताएको छ ।शोकमा डुबेको आमाको सहयात्री उनकी छोरी रिद्धिमा कपुर सहानी बनेको छिन् ।

उनी चर्चित फेसन डिजाइनर हुन् । उनले बनाएका ज्वेलरीहरुले राम्रै मार्केट लिने गरेका छन् ।करिश्मा कपुर, करिना कपुर र रणविर कपुर जस्तै बाहिर नआएपनि उनीहरु भन्दा कम भने छैन्न ।अहिले उनी आमाको सहारा नै बनेको छिन् ।त्यसैले भनिएको रहेछ, घरमा एकजना छोरी चाहिन्छ । छोरी घरको लक्ष्मी हुन् ।

आलिया र रणबीर लामो समयदेखि प्रेममा रहेका छन् । यीनीहरुले चाडै बिहे गर्ने हल्ला पनि चल्ने गरेको छ । रणबीरले यसअघि कट्रिना क्याफ, दिपीका पादुकोणसँग गहिरो प्रेम सम्बन्धमा थिए । केटिएम दैनिक